काठमाडौं, १० चैत । नेपाल प्रहरीको प्रमुख (आइजी) मा एआईजी बसन्त बहादुर कुँवरलाई नेपाल सरकारले नियुक्त गरेको छ ।
शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले अतिरित्त महानिरीक्षक कुँवरलाई महानिरीक्षक (आइजी) मा बढुवा गर्ने निर्णय गरेको हो ।
आईजीपी बढुवा भएका कुँवर सहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रमुख पदको प्रतिस्पर्धामा थिए । तर, सरकारले वरियता क्रमको १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेका छन् ।
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कायमै रहेको हुँदा कुँवर एक वर्ष नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् । तीन दिनअघि मात्रै सरकारले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
बढुवा भएपछि महानिरीक्षक धिरजप्रताप सिंह सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एआईजी बढुवा विवादरहित भएको भन्दै खुशी व्यक्त गरेका थिए ।
गृह मन्त्रालयले ८ असारमा पहिलो नम्बरमा डीआईजी बढुवा गरेपछि कुँवर वरियतामा अगाडि आएका थिए । एआईजी बढुवा सम्म आइपुग्दा उमेर विवादका कारण अर्का दाबेदार अशोक सिंहले राजीनामा दिएपछि उनी महानिरीक्षकका लागि बलियो प्रतिष्पर्धी बने ।
कुँवर प्रहरी नायब महानिरीक्षक छँदा मधेश प्रहरी प्रमुख थिए । एसएसपी छँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व समेत गरेका थिए ।
अर्घाखाँचीका कुँवरले शंकरदेव कलेज काठमाडौंबाट स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् ।
नेपाल प्रहरीको आइजीमा बढुवा भए पश्चात पहिलो प्रतिक्रिया दिर्दै प्रहरी संगठन भित्रको कमीकमजोरीलाई अन्त्य गरी संगठनलाई सुदृढ बनाउने बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन