कोभिडको दोश्रो लहरको चपेटामा परेर मृत्यु हुनेहरुको संख्या आफ शतक पुरा भए

545 Shares

 

तराई टप संवाददाता
रौतहट, २ जेठ । कोभिड १९ को दोश्रो भेरियन्टबाट संक्रमित भई थप आईतवार ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित भएर मृतक हुनेको संख्या हाफ सेन्चुरी पार गर्दै ५१ पुगेका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको तथ्याँक अनुसार गौर अस्पतालमा पिसिआर विधिबाट ५३ र एन्टिजेन विधिबाट २३ जना गरी पछिल्लो २४ घण्टामा ७५ जना कोभिड १९ बाट संक्रमित भएको हो । २०० जनाले पिसिआर विधिबाट स्वाव परिक्षण गराउदा ५३ जना तथा एन्टिजेन विधिबाट ३० जनामा २३ जना संक्रमित भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
कोरोना संक्रमित भई गौर अस्पतालको कोभिड वार्डमा उपचार गराईरहेका मध्ये ४ तथा नारायणी उप क्षेत्रिय अस्पताल विरगंजमा उपचार गराईरहेका १ जना गरेर ५ जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या यो जिल्लामा ५१ पुगेको जानकारी दिदै प्रजिअ यादवले पछिल्लो २४ घण्टामा २ जना निको भएको छ भने ६४६ सक्रिय संक्रमितहरु रहेको स्पष्ट पारे ।
कोरोनाको बढ्दै गएको संक्रमण एवं मृत्यु दरलाई घटाउनका निमित्त निषेधाज्ञालाई कडाईका साथ लागु गरिएको छ । सम्पूर्ण स्थानीय तह, सेवाग्रही सरकारी कार्यालयको आतरिक काम बाहेक बाह्य कार्य बन्द गरेर आम जनसमुदायलाई घरमै बस्ने आग्रह गर्दै उक्त आग्रहलाई अटेरी गरी उलंघन गर्नेलाई संक्रामक ऐन २०२० एवं स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारवाही गरिने पटक पटक चेतावनी दिदै आएको प्रजिअ यादवले भने ।
जिल्ला सदरमुकाम गौर सहित ग्रामिण भेगमा नियमित रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी अहोरात्रि खटेर जनताहरुलाई घर बाहिर ननिस्कन आग्रह गरिदै, नमान्नेलाई समान्य चेतावनी दिदै आएको हुँदा यस्तै रहयो भने आउदो साता पछि कोरोना माथि नियन्त्रण गर्ने समेत प्रजिअ यादवले दावी गरे । निषेधाज्ञालाई समाजसेवी, राजनितिकर्मी, अधिकारकर्मी, संचारकर्मी आ आफनो स्तरबाट सचेत गराई पालना गराउन अपिल उनले गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार