कटहरिया, ११ चैत्र । कटहरिया प्रिमियर लिग (केपिएल) को उदघाटन म्याच नेपाल पत्रकार महासंघ र जनप्रतिनिधिहरु बिच मैत्रीपूर्ण खेल शनिबार सम्पन्न भयो ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं। ५ कटहरियाको स्टेडियममा आजदेखि कटहरिया प्रिमियर लिग सिजन १ क्रिकेट टुर्नामेन्ट खेल शुरु भएको हो ।
जय माँ बौधि क्रिकेट क्लबले आयोजना गरेको टुर्नामेनटको पहिल खेलमा नेपाल पत्रकार महासंघ रौतहट र जनप्रतिनिधि बिचको खेल सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ रौतहट र जनप्रतिनिधि बिच भएको खेलमा जनप्रतिनिधिले पत्रकारलाई ३ बिकेटले पराजित गरेका छन ।
कटहरिया प्रिमियर लिग सिजन १ क्रिकेट टुर्नामेन्ट खेलमा टच जितेर ब्याटिंग गरेर निर्धारित १२ ओभरमा ५ बिकेटको क्षतिमा नेपाल पत्रकार महासंघ रौतहटका टिमले १ सय २ रनको योगफल तयार पार्न सफल भए ।
जवाफी ब्याटिंगमा उत्रिएका कटहरियाका जनप्रतिनिधिले ११.३ ओभरमा ३ बिकेटको क्षतिमा १ सय ३ रन बनाई विजयी भएको छ । शनिबार नेपाल पत्रकार महासंघ रौतहट र जनप्रतिनिधिले खेलेको खेल १२ ओभरको थियो । आईतबार देखि २० ओभरको खेल हुने छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन