रौतहट, १२ चैत । लोकआस्थाको पर्व चैती छठ मधेश प्रदेश लगायत अन्य क्षेत्रमा सुरु भएको छ ।
लोकआस्थाको चैती छठको आईतवार दोश्रो दिन खरना रहेको हो । आजको दिनमा ब्रतालु महिलाहरु दिनभरी निराहार बसेर राति गुण अथवा चिनी मिसाइएको खिर बनाएर छठी मइयालाई प्रसाद चढाएर त्यही प्रसाद ग्रहण गर्नेलाई खरना भनिने चलन रहेका छन् ।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो ।
छठपर्वमा ठकुवा, भुसुवा (कसार) सहितका मिष्ठान्न परिकार बनाएर केराको घरी र अन्य फलफूल तथा दहीसहितका सामग्री बर्तालुले अर्घका बेला सूर्यलाई अर्पन गरिन्छ ।
छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो । यो व्रतको प्रभावले हरेक मनोकामना पूरा हुने जनविश्वास छ । मिथिलामा यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्टरोग निवारणका लागि गरेका र त्यसैबेलादेखि प्रारम्भ भएको मानिन्छ । पछिल्लो समय व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।
चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमी सम्म चार दिन विभिन्न विधिसाथ मनाइने गरिन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन