79
Shares
काठमाडौं, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तारको गृहकार्य जारी राखेको छ ।
आइतबार सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँटको प्रस्तावलाई अन्तिम रुप दिने र केही दिन भित्रै मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी हो ।
प्रचण्डले शनिबारको पार्टी पदाधिकारी बैठकमा आइतबार गठबन्धनमा सहमति जुटाएर सोमबार सम्ममा मन्त्रिपरिषद विस्तार गर्ने बताएका थिए । त्यसका लागि प्रधानमन्त्री प्रचण्डले मन्त्रालय भागबण्डाको खाकासमेत तयार पारिसकेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिव रमेश मल्लले सुरुमा गठबन्धनका दलहरुसँग अलग–अलग छलफल गर्ने र संयुक्त छलफल गरेपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइरहेको बताए ।
सत्तारुढ दलहरुबीच मन्त्रालय भागबन्डा सहमति नजिक पुगेको नेताहरुले बताउँदै आएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन