पसल, उद्योगबाट संकलन गरिएको अक्सिजन सिलिण्डर अस्पताललाई

तराई टप संवाददता
रौतहट, २ जेठ । जिल्लाको विभिन्न स्थानमा रहेका उद्योग तथा पसलहरुले आफतको समयमा विरामीको उपचारमा सहयोग होस भने अभिप्रायले ५० वटा अक्सिजन सिलिण्डर नेपाल प्रहरीलाई उपलब्ध गराएको छ ।
जिल्ला प्रहरी कार्याय रौतहटले जारी गरेको विज्ञप्ती अनुसार विश्वव्यापी रुप्मा फैलिएको नयाँ भेरियेन्टको कोरोना भाईरसबाट संक्रमित भई अस्पतालहरुमा खडा गरिएका अस्थायी कोभिड वार्डमा उपचारार्थ रहेका संक्रमित विरामीहरुलाई अक्सिजन अपुग भईरहदा निजी क्षेत्रमा संचालित पसल एवं उद्योगहरुले ७.६ किलोग्राम तौलका ५० वटा सिलिण्डर उपलब्ध गराएको हो ।
उपलब्ध गराइएको मध्ये २९ भरिएको १ खाली गरी ३० सिलिण्डर गौर अस्पताललाई तथा २० वटा चन्द्रपुरको सहिद स्मृति पार्कमा अस्थायी कोभिड अस्पतललाई हस्तान्तरण गरिएको रौतहट प्रहरीका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । अक्सिजनको अभावमा कोहिपनि विरामीको मृत्यु नहोस भने अभिप्रायले नेपाल प्रहरी उद्योग, पसलहरुका संचालक संग आग्रह गरेर ल्याइएको सिलिण्डरहरुको कारण अहिले रौतहटमा खासै समस्या विरामीहरलाई झेल्न नपरेको बताए ।