गौर, १२ चैत । गौर नगरको वीपी चोकमा निर्माण हुन लागेको बीपीको शालिक सहित घण्टाघरको नाम मधेश क्रान्ति चोक राख्न माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गौर नगरपालिकाको नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् ।
लोसपाका रौतहट जिल्ला अध्यक्ष लिला प्रसाद साहद्धारा हस्ताक्षरित ज्ञापन पत्र नगर प्रमुख शम्भु साहलाई उनकै कार्यकक्षमा गएर आईतवार बुझाएका हुन् ।
मधेश आन्दोलनको फलस्वरुप वीपी चोकको नाम मधेश क्रान्ति चोक परेको हुँदा जानाजान नाम परिवर्तन नगर्न आग्रह गर्दै यदी त्यसो भएमा तेश्रो गौर आन्दोलन गर्ने चेतावनी दिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझाउन जानमा लोसपा नेता अनिल सिंह सहित नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
गौर नगरको नगरप्रमुख शम्भु साहले लोसपाद्धारा ज्ञापन पत्र लोसपाद्धारा बुझाइएको स्वीकार गर्दै पहिला देखि वीपीको नामबाट नामाकरण भएको चोकलाई कसरी परिवर्तन गर्ने बताए । जव नगर देखि लिएर प्रदेश सम्म मधेशवादीकै सरकार रहदा केही गरिएन अहिले आएर बीपी स्मारक सहितको घण्टाघर बन्न लाग्दा यस प्रकारको ज्ञापन पत्र बुझाउनको कुनै अर्थ नरहेको बताए । सर्वदलिय बैठकबाट निर्णय गरेर सबैको सहमतीमा मात्रै नाम परिवर्तन गर्न सकिने उलने स्पष्ट पारे । हो मधेश आन्दोलनको क्रममा गौरमा सहिद भएकाहरुको शालिक त्यस भित्र राख्न सकिने प्रष्ट पार्नुभयो ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन