मोटरसाइकल सहित चोर पक्राउ

   २ जेष्ठ २०७८, आईतवार १८:३६  

 

तराई टप संवाददाता
रौतहट, २ जेठ । चोरी भएको मोटरसाइकल सहित एक जना व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको वृन्दावन नगरपालिका १ बलेरीखोर टोल बस्ने बर्ष २० का सुनिल पटेललाई चोरीको मोटरसाइकल सहित इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको हो । वैशाख २८ गते राति वृन्दावन नपा १ बलरीखोरका राजदेव राउतको घरमा पार्किग गरिएका ना. २७ प. ८०८४ नम्वरको कालो रंगको सुपर स्पेलण्डर मोटरसाइल चोरी भएका थिए ।
मोटरसाइकल धनी राजदेवले इलाका प्रहरी कार्यालय गरुडामा चोरी भएको उजुरी दिएको आधारमा खोजतलास गर्दै जाँदा चोरी भएका मोटरसाइकल सहित स्थानीय युवक पटेललाई नियन्त्रणमा लिएको इप्रका गरुडाका डिएसपी रवी राबलले जानकारी दिए ।
मोटरसाइकल चोरी गर्ने युवक सुनिलले तारहरु चुडाई डाइरेक्ट गरेर मोटरसाइकल चोरेको हुँदा जिल्ला अदलात गौरबाट १० दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको डिएसपी रावलले बताए । पछिल्लो केही दिन देखि सवारी साधनहरुको चोरीको घटनामा वृद्धि भएपनि तत्कालै नियन्त्रणको प्रयास गरेर रिकोभरी समेत गराई दोषिलाई कानुनी कारवाहीको डायरामा ल्याइएको स्पष्ट पारे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै