गरुडा (रौतहट), १२ चैत । विभिन्न शिर्षकमा अनियमितता भएको आरोप लगाउदै आवश्यक कागजातहरुको मागलाई बेवास्ता गरेपछि विगत एक साता देखि आमरण अनसनमा बसेका युवद दिपक यादवले अनसन तोडेका छन् ।
लोसपाको टिकटबाट गएको स्थानीय तहको निर्वाचनमा गरुडा नगरपालिकाको मेयरमा निर्वाचन लडेका युवक दिपक यादवको माग गरुडा नगरपालिकाले पुरा गरेपछि प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले जुस खुवाएर आईतवार दिउसो युवक यादवको अनसनलाई तोडाउन सफल भएका हुन् ।
रौतहटको गरुडा नगरपालिका नगर प्रमुख प्रत्याशी यादव नगरपालिका बाट आफुले पाउनु पर्ने विभिन्न सुचना नपाएको भन्दै नगरपालिका अगाडि बिगत सात दिन देखि आमरण अनशनमा बसेका थिए । सोही क्रममा हिजो शनिवार दिपक यादवको समर्थकहरुले गौर चन्द्रपुर सडक खण्डलाई अवरोध गर्न खोज्दा प्रहरीले पाँच राउण्ड टियर ग्यास प्रहार गरेर बाटो अवरुद्ध गर्नबाट रोकेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन