82
Shares
अमेरिका, १२ चैत । अमेरिकी देश होन्डुरसले ताइवानसँग कूटनीतिक सम्बन्ध तोडेको छ ।
होन्डुरसको विदेश मन्त्रालयले टवीट गर्दै ताइवानसँग कूटनीतिक सम्बन्ध तोडेको जानकारी दिएको हो ।
होन्डुरस र ताइवान सन् १९८५ देखि कूटनीतिक सम्बन्धमा थिए । होन्डुरसले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै ताइवान चीनको अभिन्न हिस्सा भएको बताएका छन् ।
होन्डुरसको यो निर्णयपछि ताइवान सँग कूटनीतिक सम्बन्ध कायम रहेका देशहरुको संख्या अब १३ वटा मात्र रहेको बीबीसीले जनाए । ती देशहरुले ताइवानलाई अलग देशको रुपमा मान्यता दिँदै आएका हुन् ।
ताइवानमा आफ्नै संविधान र अलग सरकार छ । होन्डुरसले कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेपछि ताइवानले खेद व्यक्त गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन