निषेधाज्ञा उलंघन गर्ने ३४ सवारीसाधानलाई नियन्त्रणमा लिई कारवाही

   २ जेष्ठ २०७८, आईतवार १८:४७  

तराई टप संवाददता
रौतहट, २ जेठ । बढ्दै गएको कोरोनाको दोश्रो लहरलाई नियन्त्रणमा लिनको लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा उलंघन गर्नेहरु ३४ सवारी साधनहरु विरुद्ध आईतवार कारवाही गरिएको छ ।
सदरमुकाम गौर सहित जिल्लाको विभिन्न ग्रामिण क्षेत्रमा अवस्थित नेपाल प्रहरीको युनिटहरुले निषेधाज्ञा उलंघन गरी सवारी साधन चलाएकाहरु विरुद्ध कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
टिफर १ वटा, मोटरसाईकल १० वटा, ट्रक २१ वटा, र ट्रयाक्टर २ गरी ३४ वटा सवारी साधनहरु जिल्ला कोभिड संकट व्यवस्थान समिति एवं जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा उलंघन गर्नेहरुलाई नियन्त्रणमा लिई कारवाही गरिएको रौतहट प्रहरीका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै