काठमाडौ, १२ चैत । भोजपुरी नायिका आकांक्षा दुबेले बनारसको एक होटलमा आत्महत्या गरेकी छिन् ।
सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा मोडल तथा नायिका आकांक्षा दुबेले झुन्डिएर आत्महत्या गरेकी हुन् ।
आकांक्षाले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाले की २’ नामको फिल्ममा काम गरेकी थिइन् । आज २६ मार्चमा नै भोजपुरी अभिनेता पवन सिंहसँग उनको नयाँ गीत रिलिज भएका छन् । यो गीतको नाम ‘आरा कभी हारा नहीं’ हो । नायिकाले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । मुम्बईमा पढेपछि आकांक्षाले आफ्नो करियर फिल्ममा सुरु गरेकी थिइन् ।
रिपोर्टका अनुसार १७ वर्षको उमेरमा आकांक्षा दुबेले भोजपुरी सिनेमामा कदम राखेकी थिइन् । यहाँ उनले निर्देशक आशी तिवारीसँग केही काम गरिन् ।
सन् २०१८ मा आकांक्षा डिप्रेसनमा गएकी थिइन् । त्यसपछि उनले फिल्मी पर्दाबाट दुरी बनाएकी थिइन् । उनले भनेकी थिइन्, ‘नयाँ कलाकारलाई नयाँ जस्तो व्यवहार गरिँदैन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन