होटलबाट १० जुवाडे प्रहरी नियन्त्रणमा

   ४ जेष्ठ २०७८, मंगलवार १२:३५  

तराई टप संवाददाता
रौतहट, ४ जेठ । कोरोना भाइरसको संक्रमण माथि नियन्त्रण गर्ने उद्देश्यबाट स्थानीय प्रशासनबाट लगाइएको लकडाउनको मौका छोपी सदरमुकाम गौरको एक होटेलमा जुवा खेल्दै गरेको अवस्थामा १० जना जुवाडेहरुलाई प्रहरीले पक्राउ परेका छन् ।
सोमवार राति ८ बजेको समयमा रौटहतको सदरमुकाम गौर नगरपालिका वडा नं. १ स्थित सुर्या बैम्बो रेष्टुरेन्ट भित्र तास जुवा खेलीरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले उक्त रेष्टुरेन्टमा छापा मारेर जुवा खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेका हुन् ।
जुवा खेलीरहेको स्थान तथा उनिहरुको शरीर खानतलासी गर्दा ६४ हजरा १६५ रुपैयाको साथै ११ थान मोबाईल र ३ सेट तास बरामद गरेको रौतहट प्रहरीको प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।
बैम्बो रेष्टुरेन्टबाट प्रहरीले गौर नपा १ वस्ने बिरा राय यादवको १९ बर्षिय छोरा करण कुमार यादव, नागिन्द्र महतोको १९ बर्षिय छोरा राजाबाबु महतो, बिहारी प्रसाद जैसवालको १९ बर्षिय छोरा विवेक जैसवाल, सुरेश बैठाको १९ बर्षिय छोरा अर्जुनकुमार बैठा, बिगु महतोको २१ बर्षिय छोरा अरुण कुमार महतो गौर नपा ३ का अरबिन्द कुमार झाको २१ बर्षिय छोरा आशिष कुमार झा गौर नपा ५ का मदन राय यादवको २२ बर्षिय छोरा शिवशंकर यादव, राजदेवी नपा ४ का सुनिल झाको २२ बर्षिय छोरा पुष्पेन्द्र झा ,वडा नम्वर ६ का अलिश मिक्रानीको २३ बर्षिय छोरा असलम मिक्रानी लाई पक्राउ गरिएको उनले बताए ।
यसैगरी सर्लाही जिल्ला बलरा नपा ३ का रुद्र नारायण मिश्रको २२ बर्षिय छोरा अभिषेख मिश्रलाई पक्राउ गरिएको जानकारी दिदै प्रहरी प्रवक्ता श्रेष्ठले पक्राउ परेका १० जना विरुद्ध तास जुवा ऐन अन्तर्गत म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै