बेइजिंग, एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएभाले वित्तीय स्थायित्वमा जोखिम बढेको चेतावनी दिएकी छिन् । उनले पछिल्लो समयमा भईरहेको उथलपुथलपछि सतर्कताको खाँचो रहेको पनि बताइन् ।
चीनको राजधानी बेइजिङमा आयोजित एक मञ्चमा बोल्दै प्रमुख जर्जिएभाले युक्रेनमा जारी युद्ध, आर्थिक कडाइ र महामारीका कारण विश्वव्यापी आर्थिक वृद्ध दर ३.० प्रतिशत भन्दा तल झरेको अवस्थामा सन् २०२३ अर्को चुनौती पूर्ण वर्ष हुने चेतावनी दिइन् ।
उनले चाइना डेभलपमेन्ट फोरममा भनिन्, “सन् २०२३ को मध्यावधिमा विश्व अर्थतन्त्रको अवस्था कमजोर रहने सम्भावना छ । अनिश्चितता असाधारण रूपमा उच्च छ । वित्तीय स्थायित्वमा जोखिम बढेको पनि स्पष्ट छ ।”
सिलिकन भ्यालीमा बैंकको पतन र प्रतिद्वन्द्वी यूबीएसले स्विस बैंक क्रेडिट सुइसलाई जबर्जस्ती अधिग्रहण गरेसँगै वित्तीय क्षेत्र धराशायी भएको देखिएको उनको भनाइ छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन