कोरोना संक्रमणबाट वडाध्यक्ष यादवको निधन

   ४ जेष्ठ २०७८, मंगलवार १२:५४  

रौतहट, ४ जेठ । कोरोना भाईरसको संक्रमणबाट गरुडा नगरपालिकाको एक वडाध्यक्षको निधन भएको छ ।
रौतहटको गरुडा नगरपालिकाको वडा नम्वर ७ का ५५ बर्षिय वडाध्यक्ष राम ईशवर राय यादव कोरोना संक्रमणबाट सिकिस्त गत १५ दिन अघि भई काठमाण्डौको ग्राण्डी अस्पतालमा भर्ना भई उपचार गराउदै आएका थिए । निजको उपचारको क्रममा सोमवार राति मृत्यु भएको गरुडा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत मस्ताक आलमले जानकारी दिएको हो ।
वडाध्यक्ष यादवको पिसिआर परिक्षण गौरमा भएको कोरोना संक्रमण पुष्टि भएपछि समुचित एवं राम्ररी उपचारको लागि काठमाण्डौको ग्राण्डि अस्पतालमा पर्याइएको तर स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा गएराति दुखद निधन भएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै