काठमाडौँ, १३ चैत । मधेस प्रदेशले यहाँ जारी ललितपुरको मेयर कप महिला टी–टवान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुरको मेयर्सलाई पराजित गरेको छ ।
मधेस प्रदेश एक विकेटले विजयी भएको हो । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ललितपुरको मेयरले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर ९६ रन बनायो ।
मधेस प्रदेशले ९७ रनको विजयी लक्ष्य १९ दशमलव दुई ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । मधेसको लागि सरस्वती कुमारीले अविजित ३२, एलिसा यादवले १६ र सीमा कँवरले १५ रन बनाइन् ।
बलिङतर्फ ललितपुरमो मेयरकी सोनी पाख्रीन र कृतिका मरासैनीले २÷२ र अश्मिना कर्माचार्य र मनिषा उपाध्यायले १÷१ विकेट लिइन् ।
ललितपुरको मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत केहीबेरमा कीर्तिपुर स्थित मैदानमा अर्को खेल कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुँदैछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन