मोटरसाइकल दुर्घटनामा परेर युवकको मृत्यु, एक जना घाइते

   ४ जेष्ठ २०७८, मंगलवार १३:१८  

रौतहट, ४ जेठ । रौतहटको चन्द्रपुर नगरपालिकाको सन्तपुर नजिक मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।
चन्द्रपुर नपा ६ भेडियाही पुल नजिक ना ६४ प १८२७ मोटरसाइकल अनियन्त्रित भई सोमवार साँझ दुर्घटना हुँदा चन्द्रपुर १० बाल्चनपुर का १७ बर्षिय दिपक चौधरीको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा पछाडी बसेका १५ बर्षिय क्षितिज चौधरी गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
घाईते चौधरीको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भईरहेको छ । अत्याधिक गतिमा गुडिरहदा अनियन्त्रित भई दुर्घटना भएको आशंका प्रहरीले गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै