श्याम गुप्ता
बारा, १४ चैत । ‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई पन्छाउँदै हिमालयन शेर्पा क्लब बाराको सिमरा रंगशालामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्ड कपको सेमिफइनलमा प्रवेश गरेको छ ।
सोमवार वेलुकी सम्पन्न भएको उक्त खेलको पहिलो हाफमा बनाएको अग्रता जोगाउँन नसक्दा चालु सिजनको ‘ए’ डिभिजन लिगको शिर्ष स्थानमा रहेको सातदोबाटो सिमरा रंङ्गशालामा पहिलो सहभागिता मैं निराश बन्न पुगेको हो ।
पहिलो हाफको ३५ औं मिनेंटमा सातदोबाटोका कप्तान सुदिप गुरुङले टिमलाई अग्रता दिलाएका थिए । हिमालयन शेर्पाका डिफेण्डर म्यानुअलनानाको गल्तीको फाईदा उठाउँदै सातदोबाटोका कप्तान सुदिपले बललाई सहजै गोल पोष्टको दिशा दिएका थिए । सातदोबाटोका पासाङ लामाले गरेको प्रहार नानाले अनटाइम क्लिएर गर्न नसक्दा त्यसको फाइदा सुदिपले लिएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयमा हिमालयन शेर्पाका सुशिल राईले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । विश्वास श्रेष्ठको क्रस बल सातदोबाटोका डिफेण्डर करण रावतले क्लिएर गर्न नसक्दा त्यसको फाईदा हिमालयन शेर्पाले लियो ।
करणले हेडर मार्फत क्लिएर गर्न नसकेको बल खोस्दै हिमालयनका अफ्रिकी खेलाडी अवायोमीले सुशीललाई डिबक्स भित्र सटिक पास उपलब्ध गराएका थिए । सुशीलले पहिलो हाफको दुई मिनेंटको इन्ज्युरी समयको केहि सेकेण्ड बाँकी छँदा टिमलाई खेलमा फर्काए ।
दोश्रो हाफको अन्तिम समयमा हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमीले उत्कृष्ट हेडर गोल गर्दै सेमिफाईनलमा मकवानपुर ११ सँगको भेट पक्का गरे ।
हिमालयन शेर्पाका मिड फिल्डर सत्यम शर्माले कर्नर एरियाबाट प्रहार गरेको एयर बलमा डिबक्स भित्रबाट अवायोमीले हेडर गोल गर्दा सातदोबाटाका गोल रक्षक निशान्त थापा मँगरले बचाउँको प्रयास सम्म गर्न भ्याएनन् ।
प्रतियोगिताको दोश्रो संस्करणमा उपाधि जितेको हिमालयन शेर्पाले अब फाइनल प्रवेशका लागि बुधबार हुँने पहिलो सेमिफाइनलमा मोफसलको टिम मकवानपुर ११ सँग प्रतिस्पर्धा गर्ने छ ।
खेलको १२ औं मिनेंटमा सातदोबाटोका सुशिल लामा उत्कृष्ट अवसर खेर फालेका थिए । अफ्रिकी खेलाडी विलियमले डि–बक्स भित्र दिएको सटिक पासमा उनको प्रहार क्रसबार माथिबाट बाहिरियो ।
२२ औं मिनेंटमा सातदोबाटोका विलियमको फ्रिकिक बल हिमालयन शेर्पाका गोल रक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गरे । २८ औं मिनेंटमा सातदोबाटोका निरज चौधरीले अर्को अवसर खेर फाले । विलियमले डिबक्स भित्र दिएको पासमा निरजको प्रहारले गोल पोष्टको दिशालिन सकेन ।
खेलको ७४ औं मिनेंटमा सातदोबाटोका निरज चौधरीले किपर विट भइसकेको अवस्था खेर फाले । सेन्टरलाईनबाट बल अघि बढाएका निरजले खाली पोष्टमा डेलिभरी गर्न नसक्दा हिमालयनका डिफेण्डरले बल क्लिएर गर्दै संकट टारे ।
खेलको पाँचौं मिनेंटमा विश्वास श्रेष्ठको प्रहार क्रस बारबाट बाहिरीयो । डि–बक्स भित्रै पाएको बललाई हिमालयन शेर्पाका कप्तान विश्वासले गोलमा परिणत गर्न सकेनन् ।
खेलको आठौं मिनेंटमा निशान लिम्बुको प्रहार गोल पोष्टमा लागेर फर्कियो । विश्वास श्रेष्ठको पासमा डि–बक्स बाहिरबाट निशानले शसक्त प्रहार गरेका थिए ।
खेलको ३१ औं मिनेंटमा विश्वास श्रेष्ठको पासमा निशान लिम्बुको प्रहार सातदोबाटोका गोल रक्षकले बचाउ गरे ।
खेलको ५५ औं मिनेंटमा हिमालयन शेर्पाका सुशिल राईको शसक्त प्रहार सातदोबाटोका गोल रक्षकले उत्कृष्ट बचाउ गरे । विश्वास श्रेष्ठको कर्नर बलमा पेनाल्टी एरियाबाट शुसीलले गरेको सशक्त प्रहार सातदोबाटोका गोल रक्षक निशान थापामँगरले पन्च गरेर जोगाए ।
खेलको म्यान अफ दी म्याच हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमी घोषित भए । उनले दश हजार नगद सहिँत ट्रफि प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत मंगलवार अन्तिम क्वाटर फाइनलमा ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाईटेडले विभागीय टिम एपिएफ क्लबको सामना गर्ने आयोजकले जनाएको छ ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन