68
Shares
काठमाडौँ, १४ चैत । नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेको छ ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा प्रचण्डसँग एकीकृत समाजवादीका नेताहरुले आफूहरुले पाउने मन्त्रालय र संख्याबारे छलफल गरेको हो ।
मन्त्रालयको संख्या बढाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दवाव दिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डसँग समाजवादीका नेताहरुले ३ मन्त्रालय माग गरेका छन् ।
मंगलवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, महाससचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वाला गएका थिए ।
उनीहरुले गृह, अर्थ र परराष्ट्रमध्ये एक शक्तिशाली मन्त्रालय सहित ३ मन्त्रालय दिन दबाब दिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन