कोरोना भाईरसको असर ओरालो लाग्दै, संक्रमण दर १३ प्रतिशतमा झरे

   ५ जेष्ठ २०७८, बुधबार १६:२६  

तराई टप संवाददाता
रौतहट, ५ जेठ । कोरोना भाईरसको दोश्रो लहरलाई कम गर्न स्थानीय प्रशासनद्धारा लगाइएको निषेधाज्ञाको असर अव देखिन थालेको छ ।
रौतहट सदरमुकाम गौर अस्पतालमा रहेको पिसिआर ल्यावमा परिक्षण गराउने १९७ जनामा २२ जना कोरोना संक्रमित भएको पुष्टि गरिएको हो । पछिल्लो २४ घण्टामा उक्त ल्यावमा स्वाव दिएरको मध्ये संक्रमित दर १३ प्रतिशतमा झरेको छ । निषेधाज्ञा अघि झण्डै ८० प्रतिशत संक्रमित दर रहेको रौतहट जिल्लामा दुई साताको लकडाउनमा लगभग ६७ प्रतिशतले कमि आएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको तथ्याँकमा उल्लेख गरिएको छ ।
एन्टिजेन विधिबाट ३ जना गरेर २५ जना संक्रमित पुष्टि भएको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ११ जना कोरोनको जंग जितेर घर फर्किएको छ भने ६७६ जना अहिले पनि सक्रिय कोरोनाको संख्या जिल्लामा रहेको बताए ।
पछिल्ला २४ घण्टामा गौर अस्पतालमा ४ र विरगंजमा १ जना गरी ५ जना विरामीको कोरोनाबाट मृत्यु भएको जानकारी दिदै प्रजिअ यादवले संक्रमितको संख्यामा कमि आएपनि मृत्यु हुनेको संख्या घटबढ भईरहदा अलि चिन्ता बढाएको छ । कोरोनाबाट अहिले सम्म मृत्यु हुनेको संख्या ६१ पुगेको छ । स्थानीय प्रशासनद्धारा जारी गरिएको निषेधाज्ञालाई पूर्ण रुपमा पालना गरेर संक्रामक रोग माथि नियन्त्रण गराउनमा जिल्लाबासी संग अपिल गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै