जनकपुरधाम, १४ चैत । नेपाल वित्तीय संस्था कर्मचारी संघ मधेश प्रदेश अध्यक्षमा शौरभ झा निर्वाचित भएको छ ।
जनकपुरधाममा भएको अधिवेशनमा मधेश प्रदेशका ८ वटै जिल्लाबाट उपस्थित जिल्ला अध्यक्षहरु र प्रदेश अधिवेशन प्रतिनिधिहरुले बैंकको शिवचोक बैंकिङ्ग शाखामा कार्यरत झालाई अध्यक्षमा सर्वसम्मतिले चयन गरेको निर्वाचन समितिका सदस्य एंव वित्तीय संस्था कर्मचारी संघका केन्द्रीय सदस्य प्रदीप यादवले जानकारी दिए ।
मधेश प्रदेश उपाध्यक्षमा सर्लाहीका प्रविण कुमार झा, बाराका जितेन्द्र पासवान र सप्तरीका दिलीपकुमार यादव निर्वाचित भएका छन् भने सचिवमा मनिष कुमार चौधरी, सहसचिवमा सन्दीपकुमार साह, कोषाध्यक्षमा अनिलकुमार यादव निर्वाचित भएका छन् ।
संघको सदस्यहरु प्रशान्त राय, ललितकुमार पण्डित, अमित राय, कृष्ण प्रसाद साह, शकुन्तला यादव, दयानन्द यादव, मनिशा दुलाल, नागेन्द्र पासवान, प्रदीपकुमार यादव, रामदरेश यादव, निर्मल लोचन अधिकारी, नागेन्द्र पटेल चयन भएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन