भारतमा संक्रमण दरमा केही कमी आएपनि मृत्यु दर उच्च विन्दुमा

   ५ जेष्ठ २०७८, बुधबार १६:४१  

 

रौतहट, ५ जेठ । कोरोना भाईरसले मित्र राष्ट्र भारतमा कहर बर्षाइरहेको छ, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण ४ हजार ५२९ जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा २४ घण्टाको अवधिमा अहिले सम्मकै उच्च सबै भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको हो ।
उक्त अवधिमा भारतमा कोरोनाका २ लाख ६७ हजारभन्दा धेरै नयाँ संक्रमित पुष्टि भएका छन् । भारतमा लगातार तेस्रो दिन तीन लाखभन्दा कम नयाँ संक्रमित फेला परेका हुन् ।
यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ५४ लाख नाघेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख ८३ हजार २४८ पुगेको छ । भारतमा अहिलेसम्म १८ करोड ५८ लाख डोज कोरोना खोप मानिसलाई दिइ सकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै