65
Shares
जनकपुरधाम, १४ चैत । नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियन राराब जनकपुरधामको समानुपातिक छनोट प्रक्रियामा धाँधली गरेको आरोप लगाएको छ ।
समानुपातिक सूचीमा दोस्रो स्थानमा रहेका सुशील अधिकारीले हिजो सम्पन्न सामानुपातिक सदस्य छनोट प्रक्रियामा धाँधली भएको आरोप लगाएको हो ।
नवनिर्वाचित सभापति मनिष यादवले समानुपातिक सूचीमा रहेको १ देखि ४ नम्बर सम्मको व्यक्तिहरुले समानुपातिकमा पद पाउनुपर्नेमा सो नगरिकन १ नम्बरमा रहेका राजेश कर्ण, ४ नम्बरका उमेश मण्डल,८ नम्बरका मनिषा यादव तथा ९ नम्बरमा रहेका दीपेन्द्र राउतलाई नेविसंघले समानुपातिक सदस्य बनाएको छ ।
नवनिर्वाचित युनियनको समितिमा विभिन्न दलका वर्गीय संगठनहरुको १० जनालाई समानुपातिकमा राख्नुपर्ने प्रावधान मध्ये चार वटा पद नेपाल विद्यार्थी संघले पाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन