साइकल सहित ३ थान सालको गोली बरामद

   ५ जेष्ठ २०७८, बुधबार १६:५७  

तराई टप संवाददाता
रौतहट, ५ जेठ । जंगलसहिया साझेदारी वनबाट साइकलमा सालको गोली लोड गरिएको अवस्थामा ५ वटा साइकल बरामद भएको छ ।
अबैध रुपमा कटान गर्न पल्किएका काठ तस्करहरुले सो वन क्षेत्रबाट सालको रुख काटी गोलिया बनाइ लोड गरिरहेको अबस्थामा ३ थान गोलिया १२.४२ क्युफिट काठ सहित ५ ओटा साइकल वन गस्ति टोलीले बरामद गरेको वन अधिकृत रामदेव चौधरीले बताए ।
तस्करहरुले साइकलमा गोलिया लोड गरिरहेको अबस्थामा वन गस्ति टोलीले घेरा हालेर समात्न खोज्दा तस्करहरु साइकल छाडी भाग्न सफल भएका थिए । घटना स्थलबाट बरामद गरिएको साइकल ५ थान र गोलिया ३ थान आबश्यक कारवाहिको डिभिजन बन कार्यालय चन्द्रपुरमा जिम्मा लगाइएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै