132
Shares
नयाँ दिल्ली, एजेन्सी । भारतको पूर्वोत्तर विकासमन्त्री जी किसन रेड्डीले त्यस क्षेत्रमा १७ वटा विमानस्थलहरु संचालनमा आएपछि पूर्वोत्तरको क्षेत्रमा विकासको लहर छाएको छ ।
भारतको तल्लो सदन लोकसभामा सम्बोधन गर्दै मन्त्री रेड्डीले पूर्वोत्तर क्षेत्रमा १७ वटा विमानस्थल सञ्चालनमा आएको जानकारी दिएको हो ।
अरुणाचल प्रदेशको तेजु, आसामका डिबरुगढ, गुवाहाटी, सिल्चार, मणिपुरको इम्फाल, मेघालयको बारापानी, त्रिपुराको अगरतालामा नयाँ विमानस्थल निर्माणको काम अघि बढिरहेको समेत उनले जानकारी दिए ।
उनले यसबाहेक पूर्वोत्तर क्षेत्रमा १ खर्ब ९८ अर्ब ५५ करोड भारतीय रुपैयाँको लागतमा रेलमार्गको विकास पनि भइरहेको जानकारी दिए । सन् २०१४–१५ यता पूर्वोत्तर क्षेत्रमा झण्डै ८६५ किलोमिटर लम्बाईको रेलमार्ग निर्माण भएको उनको भनाइ छ । एजेन्सी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन