ताउ–तेको प्रभाव नेपालमा पनि

   ५ जेष्ठ २०७८, बुधबार १७:१०  

 

रौतहट, ५ जेठ । अरब महासगरमा आएको शक्तिशाली समुद्री आँधी ताउ–तेको प्रभाव नेपालमा पनि देखिन थालेको छ ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातको आसपासमा रहेको समुद्री आँधी ताउ–तेको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।
ताउ–ते को कारण शुक्रबार सम्म नेपालको आकाशमा बदली हुने, बर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएका छन् । विभागले आगामी २४ घण्टाको लागि चेतावनी जारी गरिसकेका छन् ।
मौसम विभागका अनुसार कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन सहित चट्याङ्ग संगै हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
उच्च हिमाली भू–भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना समेत रहेको कारणले खोलानालाहरुमा जलप्रवाह बढोत्तरी हुने, यातायत क्षेत्र समेत प्रभावित हुने संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै