72
Shares
दाङ, १५ चैत । दाङमा बुबाकोे हत्याको आरोपमा आमा र छोरा पक्राउ परेको छ ।
बंगलाचुली गाउँपालिका वडा नं. २ मर्पेसका ३५ वर्षका रेशम सुनारको हत्या गरेको आरोपमा आमा र छोरालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मृतक रेशम सुनारको छोरा १७ वर्षीय शिवराज सुनार र श्रीमती ३६ वर्षीया चन्द्रा सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।
डिएसपी अनुसार रेशम सुनारलाई कोदालोले टाउकोमा हानी हत्या गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गौतमले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन