राधेश्याम कुशवाहा
सर्लाही, १५ चैत । कुशवाहा समाजलाई संगठित एवं समृढ बनाउने मुल एजेण्डाका साथ आउदो चैत २५ गते सर्लाहीको लालबन्दीमा छैठों जिल्ला अधिवेशन हुने निश्चित भएको छ ।
लालबन्दी स्थित लालबन्दी पार्टी पैलेसमा चैत्र २५ गते अधिवेशन हुने निश्चित भएको नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको जिल्ला संयोजक भरत महतोले जानकारी दिएको हो ।
नेपाल कुशवाहा कल्याण समाज, जिल्ला कार्यसमितिको चैत्र १० गतेको बसेको बैठकले उक्त निर्णय गरेको थियो । जिल्ला कार्यसमितिले प्रतिनिधि छनौट गरी पठाईदिने सम्बन्धनमा एक सुचना जारी गर्दै कुशवाहा समाजको नगर समिति रहेका सबै स्थानिय तहमा पत्राचार गरिसकेका छन ।
समाजले प्रतिनिधि छनौटका लागि मापदण्ड समेत तोकेका छन । जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, गाउँपालिका कार्यसमितिले निर्णय गरी पठाएको १ जना महिला सहित ४ जना जिल्ला प्रतिनिधि सदस्य रहने छ । नगरपालिका कार्यसमितिले निर्णय गरी पठाएको २ जना महिला सहित ७ जना जिल्ला प्रतिनिधि हुने व्यवस्था रहेका छन ।
प्रत्येक गाउँपालिका र नगरपालिका, क्षेत्रिय कार्यसमितिका अध्यक्ष र सचिव पदेन सदस्य तर यि प्रतिनिधिहरुले उम्मेदवार हुन पाउने छैनन भनी विज्ञप्तीमा उल्लेख गरिएको हो । बिहान १० देखि उदघाटन समारोह र १ बजेदेखि बन्द सत्र सुरु हुने महतोले जानकारी दिए । कार्यक्रममा उपस्थितका लागि जिल्लाभरीका कुशवाहा समुदायका व्यक्तिहरुलाई आव्हान समेत उहाँले गरे ।
नेपाल कुशवाहा कल्याण समाजको केन्द्रिय अध्यक्ष तपेश्वर महतो प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा जिल्ला अध्यक्ष लक्ष्मण महतोको अध्यक्षता रहने आयोजकले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन