चिनको सिचुवानबाट मेडिकल सामग्री नेपाल आईपुगे

तराई टप संवाददाता
रौतहट, ५ जेठ । चीनको सिचुवान प्रान्तले नेपाललाई प्रदान गरेको मेडिकल सामग्री त्रिभुवन विमानस्थलमा आइपुगेको छ ।
काठमाण्डौ स्थित चिनियाँ दूतावासले यसको आधिकारीक जानकारी दिएको हो । बुधवार सिचुवान एयरलाइन्सको जहाजले कार्गो उडान मार्फत मेडिकल सामग्री नेपाल ल्याएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज विमानस्थलमा सिचुवान एयरलाइन्सको कार्गो उडान सहित एक दर्जन अन्तर्राष्ट्रिय हवाई उडान हुने तालिका रहेको छ ।
त्यस मध्ये नेपाल एयरलाइन्सले भारतीय नागरिक लैजान साउदीमा दुई उडान गर्दैछ । मंगलबार त्यहाँ पुगेका हिमालय र नेवानिका जहाज आज काठमाडौं आएका छन् । आज नेपाल एयरलान्सको एक जहाज कार्गो ल्याउन चीनको सेन्जेन जाँदैछ । चीनको बेइजिङमा रहेको नेवानिको अर्को जहाज आजै काठमाडौं आइपुग्ने छ ।
भारतको राजधानी नयाँ दिल्लीबाट समेत एक उडानलाई चार्टर्ड अनुमति दिइएको विमानस्थल कार्यालयले जनाएको छ ।