जनकपुरधाम, १५ चैत । मधेश प्रदेश सरकारले प्रदेश खेलकुद सम्बन्धी विधेयक प्रदेश सभामा लैजाने तयारी गरेको छ ।
मधेश प्रदेशसभाको पहिलो कार्यकालमा पास हुन नसकेको उक्त ऐन प्रदेश सरकारले प्रदेशसभामा लैजाने तयारी गरेको हो ।
मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वको सरकारले प्रदेश सभामा लगेको थियो । तर उक्त विधेयक लामो समयदेखि प्रदेशसभामा रहे पनि पास हुन सकेको थिएन । वर्तमान मुख्यमन्त्री सरोज कुमार यादवे प्रदेशसभामा रहेको उक्त मस्यौदालाई ल्याएर मन्त्रिपरिषदबाट स्वामित्व लिई प्रदेश सभामा पठाउने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयले जनाएको छ ।
प्रदेश सभामुख रामचन्द्र मण्डलको मुटु सम्बन्धी समस्या देखिएकोले उनी एक सप्ताहदेखि बढी दिनदेखि काठमाडौंमा रहेर उपचार गराइरहेका छन् । सभामुख मण्डलको स्वास्थ्य उपचार पश्चात बस्ने प्रदेशसभाको बैठकमा उक्त विधेयक प्रदेशसभामा पठाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन