79
Shares
काठमाडौँ, १५ चैत । यही चैत १७ गतेदेखि हुने कक्षा १० को एसईई परीक्षाको लागि शिक्षा विकास निर्देशनालयले बागमती प्रदेश भित्रका १३ वटा जिल्लाहरूको परीक्षार्थी, परीक्षाकेन्द्र र जनशक्ति तय गरेको छ ।
प्रदेशमा १ लाख १ हजार ७ सय ३३ जना परीक्षार्थीहरु सहभागी हुँदै छन् । निर्देशनालयका अनुसार २९ गतेसम्म हुने परीक्षाको लागि १३ जिल्लामा ४ सय ३४ वटा परीक्षा केन्द्रहरू तोकिएको हो ।
केन्द्राध्यक्ष, सहायक केन्द्रध्यक्ष, निरीक्षक, परीक्षा सहायक, परीक्षा सहायक कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी १५ हजार ८ सय ८६ जना जनशक्ति खटिने छन् ।
यस प्रदेश भित्रका सबै जिल्लाका परीक्षा केन्द्रहरूमा उत्तर पुस्तिका पु¥याइ सकिएको, परीक्षा केन्द्र नजिक रहेको प्रहरी चौकीमा प्रश्न पत्र पुगिसकेको निर्देशनालयले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन