तराई टप संवाददाता
भैरहवा, ५ जेठ । रुपन्देहीमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले कोरोना संक्रमित भएर मृत्यु भएकाहरुको शव बोकेर घाटमा पु¥याउन थालेका छन् ।
ओमसतिया गाउँपालिका अध्यक्ष हिरा (राहुल) केवटले संक्रमितको शव ट्याक्टरमा राखेर घाटसम्म पु¥याउन थालेका हुन् । ओमसतिया गाउँपालिका – २ का ५१ वर्षीय पुरुष संक्रमित भएपछि उनलाई अक्सिजन आवश्यक पर्यो, परिवारले गाउँपालिका अध्यक्षलाई सम्पर्क गरेपछि उनले अक्सिजन सिलिण्डरको व्यवस्था मिलाइदिए तर, होम आइसोलेसनमा बसेको संक्रमितको सोमबार मृत्यु भयो ।
उनले ५ लिटर डिजेल र चार थान पिपिईमा सुरक्षाका मापदण्ड अपनाएर शवको व्यवस्थापन गरिएको बताए । गाउँपालिकाले केही वर्ष अघि फोहोरमैला व्यवस्थापनका लागि ट्याक्टर खरिद गरेको थियो । सोही ट्याक्टर अहिले गाउँपालिका अध्यक्ष आफैँले चलाएर संक्रमितको शव व्यवस्थापनमा लागेका छन् ।
त्यस अघि गाउँपालिकाको वडा नम्वर ३ मा पनि संक्रमितको मृत्यु हुदाँ अध्यक्ष आफैले संक्रमितको शव ट्याक्टरमा राखेर घाटसम्म पु¥याएका थिए । ‘महामारीको यो संकटमा हाम्रो परीक्षा पनि हो’ उनले भने, ‘यस्तो संकटको घडीमा हामी आगनकै सरकार जनताको सेवक बन्न सक्दैनौँ भने पदमा बस्न बेकार छ ।’ उनले भने ।