परीक्षालाई मर्यादित बनाउन जारी ४६ बुंदे आचारसंहिता जारी

96 Shares

राधेश्याम कुशवाहा
सर्लाही, १६ चैत । शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले माध्यमिक शिक्षा परीक्षालाई स्वच्छ, निष्पक्ष, मर्यादित, व्यवस्थित, अनुशासित, विश्वसनिय तथा भय रहित वातावरणमा सम्पन्न गर्न ४६ बुंदे आचारसंहिता जारी गरेको छ ।
सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यलय, सर्लाहीको सभा हलमा आयोजित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ संचालन तथा व्यवस्थापन सम्बन्धी केन्द्राध्यक्षहरुको एक दिने अन्तरक्रिया कार्यक्रम मार्फत उक्त आचार संहिता सार्वजनिक गरेको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए ।
चैत्र १७ गते शुक्रवारबाट सुरु भई चैत्र २९ गते बुधवार सम्म संचालन हुने परीक्षामा ३७ वटा परीक्षा केन्द्र मार्फत जिल्लाभर ५५०१ छात्र र ५४१५ छात्रा गरी कुल १० हजार ९१६ जना विद्यार्थीले सहभागी हुने भएका छन ।
साधारणतर्फ १० हजार ६२४ र प्राविधिकतर्फ २९२ गरी जम्मा १० हजार ९१६ जना विद्यार्थीले कक्षा १० को अध्ययन पूरा गरी एसईई दिन लागेका हुन ।
जिल्ला भरिका ३७ वटै परीक्षा केन्द्रहरुमा ३७ जना केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष ७४ जना, निरीक्षक ५३५ जना, परीक्षा सहायक १०७ जना, विद्यालय सहयोगी/कार्यालय सहयोगी २१४ जना र आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिने इकाइले जनाएको छ ।
गत वर्ष ३६ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्षदेखि चक्रघट्टा गाउँपालिकामा पनि पहिलो पटक एसईईको परीक्षा केन्द्र कायम गरिएको छ । चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा रहेको जनता माध्यमिक विद्यालयमा पहिलो पटक परीक्षा केन्द्र कायम गरिएको हो ।
एसईईमा सामुदायिक ९८, संस्थागत ४५, खुला दुई र गृहणी एउटा गरी १४६ वटा विद्यालयले सहभागिता जनाउँदै छन् ।
परीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाएर एसईई सञ्चालन गर्ने तयारी भएको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक कुशवाहाले बताए ।
गत वर्षको एसईईमा ३७ वटा परीक्षा केन्द्र मार्फत जम्मा १०४२१ जना विधार्थीहरु सहभागी भएका थिए भने सामुदायिक विधालयमा ९०७९ जना र नीजि विधालयमा १३४२ जना विधार्थी सहभागी भएको थियो ।
सामुदायिक माध्यमिक विधालय–९८ र संस्थागत–५५, खुला विधालय–२ र गृहणी विधालय–१, धार्मिक विद्यालय शून्य गरी जम्मा १५६ विद्यालय सहभागिता रहेका थिए । गत बर्ष एउटा पनि होम सेन्टर परीक्षा केन्द्र समेत नरहेको थियो ।
गतबर्ष परीक्षाको मर्यादा कायम गर्न नसकेको भन्दै बरहथवा नगरपालिका वार्ड न. ५ चक्र जनता माध्यमिक विद्यालयमा रहेका परीक्षा केन्दका केन्द्राअध्यक्ष रामबहादुर रायलाई निलम्बन गरिएको थियो भने परीक्षा अवधि भर एक केन्द्राध्यक्ष सहित १० जना निरीक्षकलाई समेत निलम्बन गरिएको थियो ।
उत्तरपुस्तिका विधालयहरूमा र प्रश्न पत्र परीक्षा केन्द्र रहेको विधालयको नजिकको प्रहरी कार्यालयमा पुगी सकेको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।