छुटाछुटै स्थानमा आगलागि हुँदा, एक करोड भन्दा बढिको क्षति

130 Shares

रौतहट, १६ चैत । रौतहट जिल्लाको छुटाछुटै स्थानमा आगलागि हुँदा करिव एक करोड भन्दा बढिको धनमाल जलेर नष्ट भएको छ ।
रौतहटको माधवनारायण नगरपालिका वडा नम्वर ३ सखुअवा स्थित रहेको रिद्धि सिद्धि प्लाईबोड ईन्डष्ट्रिजमा विद्युत सर्ट भएर बुधवार राति १.५० बजेको समयमा आगलागि हुँदा कम्पनी भित्र रहेका बहुमूल्य सामानहरु जलेर नष्ट भएको हो । मानविय क्षति नभएपनि ठूलो परिमाणमा भौतिक सम्पत्ती जलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।
आगलागि भएको खवर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गौर नपाको बारुण यन्त्रको मद्दतबाट आगो नियन्त्रणमा करिव ४ घण्टा समय लागेको जिल्ला प्रहरी कार्यालय गौरका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश कुवरले बताए ।
रिद्धि सिद्धि प्लाईबोडमा रहेका बीस लाखको दुई वटा जनरेटर, ६३ लाखका फेस भिनियर र कोर भेनियर प्लाई, ५० हजारको दाउरा, दुई लाख ५० हजारको घर गरी ८६ लाखको सम्पत्ती जलेर खरानी भएको उनले भने । रातिको समय भएको हुँदा समयमा जानकारी नहुँदा नोकसानी बढेको प्रहरी निरीक्षक कुवरले बताए ।
यस्तै गौर नगरपालिका वडा नम्वर ४ सोवर्ना माई स्थित मुनिफ मियाले संचालन गरेको मुनिफि पोल्ट्रि फर्ममा अचानक बुधवार राति ९ बजेको समयमा आगलागि हुँदा स्थानीय बासिन्दाहरु संगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र बारुण यन्त्रको मद्दतबाट करिव १ घण्टामा आगोलाई नियन्त्रणमा लिइएका थिए ।
पोल्ट्रि फर्म पूर्ण रुपमा जलेर खरानी भएको छ । कुखुराको चल्ला, कुखुराको दाना, कुखुरालाई खुवाउने औषधी, लगायतको भौतक सम्पत्ती गरेर २३ लाख ८६ं८ हजार मूल्य बराबरको सम्पत्ती जलेर नष्ट भएको प्रहरी निरीक्षक कुवरले जानकारी दिए ।
आगो निभाउन गएका बारुण यन्त्रमा पानी सकेपछि पुन रिफिल गरेर आगोलाई निभाउने प्रयास गर्दा केही अज्ञात व्यक्तिहरुले बारुण यन्त्र र त्यसका कर्मचारीलाई निशाना बनाए । त्यती मात्रै नभई आगो निभाउन पुगेका प्रहरीले चढेको बा २ ब १८०८ नम्वरको मोटरसाइकल समेतमा क्षति पुर्याएका थिए । अवाञ्छित कार्यमा संलग्न रहेका १ जनालाई प्रहरीले समातेर अनुसन्धान कार्य गरिरहेको उनले बताए ।
यसैगरी गौर नपा ३ मचकुटियामा चन्दन साहको खरले छाएको फुसको घरमा खाना पकाउन बालेको आगो सल्केर आगलागि हुँदा घरमा रहेका भाडाकुडा, खाद्यान्न, लत्ताकपडा गरी २ लाख ५० हजार मूल्य बराबारको सम्पत्ती नष्ट भएको थियो ।
यसरी रौतहट तिन स्थानमा भएको आगलागिबाट १ करोड १२ लाख भन्दा बढिको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
हावाहुरीको समयमा विहानै खाना पकाइसक्नुपर्ने, बेलुकी हावा नचलेको समयमा मात्रै खाना पकाई आफू र छिमेकी सहित सिंगो गाउँलाई सुरक्षित राख्न पटक पटक प्रहरीले जनहितमा सुचना प्रवाह गरेर जनजागृति फैलाइरहेको समेत प्रहरी निरीक्षक कुवरले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।