अग्नीपिडितलाई वर्तन सेट सहितको सामाग्री वितरण

   ५ जेष्ठ २०७८, बुधबार १८:१३  

तराई टप संवाददता
रौतहट, ५ जेठ । दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी स्थित दलित बस्तीका अग्नीपिडित परिवारलाई नेकपा माओवादी केन्द्रको तर्फबाट खाना पकाउने वर्तन सेट सहित खाद्यान्न र साडी वितरण गरेका छन् ।
अग्नीपिडित परिवारको आँगनमा गई नेकपा माओवादी केन्द्र दुर्गा भगवतीको पहलमा खाना पकाउन प्रेशर कुकर, वर्तन सेट, खाद्यान्न, साडी सहितको सामग्री वितरण गरिएको वडाध्यक्ष धर्मेन्द्र कुमार झा (डिके) ले जानकारी दिएका हुन् ।


गएको शनिवार दिउसो २.३० बजेको समयमा मत्सरीको दलित बस्तीका ६ जनाको घर जलेर नष्ट भएका थिए । पिडित परिवारलाई दुखको घडीमा केही राहत पुगो भने उद्देश्यबाट भाडाकुडा सहितको सामग्री वितरण गरिएको बताउदै वडाध्यक्ष झाले यस अघि खाद्यान्न सामग्री सहित त्रिपाल लगायतका सामानहरु वितरण गरिएको स्पष्ट पारे ।
सो वितरण कार्यक्रममा युवा नेता शम्भु सिंह, समाजसेबि छोटन सिंह, एमाले नेता रौसन झा बामपंथी नेता नित्यानन्द् झा, लक्ष्मी साह वार्ड सचिब उमेश चौधरी पुर्व उपाध्यक्ष राजेन्द्र राम, बाबुनन्द साह, हेमचन्द्र झा सहित स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै