मनिला, एजेन्सी । फिलिपिन्सको समुद्रमा रहेको एक पानीजहाजमा आगलागि हुँदा करिव ३१ जनाको मृत्यु भएको छ ।
बुधवार फिलिपिन्सको समुद्री क्षेत्रमा पानी जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र १९० जना यात्रीलाई तटरक्षक र माझीहरुको सहयोगमा सकुशल उद्धार गरिएपनि ३१ जनाको दुख मृत्यु भएको हो । ७ जना हराइरहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
युक्त पानीजहाजमा दुई सय ५० भन्दा बढी यात्री रहेका बताइएको छ । लेडी मेरी जोय–३ नामको पानीजहाज मिन्डानाओ टापुको जाम्बोआङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ गइरहेका बेला आगो लागेको थियो ।
सात हजारभन्दा बढी टापुको द्वीपसमूह फिलिपिन्समा अव्यवस्थित समुद्री यातायात, नियमित अनुगमनको अभाव र भीडभाडका कारण बेलाबेलामा यस्ता दुर्घटना हुनेगरेका छन् ।
सन् १९८७ को डिसेम्बरमा डोना पाज नामको पानीजहाज इन्धन बोकेको अर्को जहाजसँग ठोक्किएर डुब्दा चार हजार तीन सयभन्दा बढीको मृत्यु भएको थियो । शान्तिकालमा समुद्री भवितव्यमा परेर विश्वमा त्यति धेरै मानिसको एकैपटक ज्यान गएको इतिहास छैन । एजेन्सी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन