81
Shares
जनकपुरधाम, १६ चैत । मधेश प्रदेश सरकारको गोदाममा ५ हजार नयाँ साइकल थन्कीएको छ ।
सरकारको सर्वाधिक लोकप्रिय र विवादास्पद बनेको बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत छात्राहरुको लागि खरिद गरिएको साइकल अलपत्रमा परेको हो ।
साइकल वितरण रोकिएपछि छात्राहरुको विद्यालय निरन्तरतामा असर परेको छ । सामुदायिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई मधेश प्रदेश सरकारले उपलब्ध गराउँदै आएको साइकल वितरण गत आर्थिक वर्ष देखि बन्द भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नरहरी खतिवडाले थन्किएको साइकलको विषयमा हाल कुनै निर्णय हुने अवस्था नरहेको बताए ।
अख्तियारले कारबाही गरिसकेको कारण कुनै कर्मचारी साइकललाई छुन चाहँदैनन् । तर निवर्तमान सीएम लालबाबु राउतले साइकल आपूर्तिकर्तालाई भुक्तानी गरी विद्यालयमा वितरण गर्न कुनै समस्या नरहेको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन