80
Shares
बारा, १६ चैत । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ बाट उम्मेदवार बन्ने तयारी गरेको छ ।
स्रोतका अनुसार राजेन्द्र महतोले उम्मेदवार बन्न तयारी गरसिकेको हो । राजेन्द्र महतो मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावमा सर्लाही–२ मा पराजित भएका थिए ।
माओवादीको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव निर्वाचित भएका थिए ।
बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने लगभग पक्का भएको छ ।
यसअघि बुधबार जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ मा शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने बताएका थिए । उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि कुशवाहा माओवादी केन्द्र छोडेर जनमतमा प्रवेश गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन