नाला निर्माणकै क्रममा धर्मशालाको वाल भत्किदा चार कामदार घाईते १ को अवस्था गम्भीर

   जेष्ठ ६, २०७८  
584 Shares

तराई टप संवाददाता
रौतहट, ६ जेठ । रौतहटको कटहरिया नगरपालिकामा निर्माण भईरहेको नाला छेउमै रहेको धर्मशालाको कम्पाउण्ड वाल बुधवार साँझ भत्किदा चार जना कामदार घाईते भएको छ भने एक जनाको अवस्था गम्भीर रहेका छन् ।
कटहरिया नगरपालिकाको वडा नम्बर ५ मा नाला निर्माणको क्रममा नाला निर्माण स्थलसँगै रहेको धर्मशालाको कम्पाउण्ड वाल भत्किदा चार जना घाईते भएको हो । नाला निर्माणको कार्य भईरहदा एक्कासी हिजो साँझ धर्मशालाको कम्पाउण्ड वाल भत्किएका थिए । शहरी सतह ढल परियोजना अन्र्तगत एविडी कम्पनिले सो नाला निर्माण कार्य गरिरहेको बताइएको छ ।
निर्माण कम्पनिले कामदारहरुको सुरक्षाका लागि सेफ्टिीका हेलमेट जस्ता सामग्रीहरु सहित काममा खटाउनु पर्नेमा एबिडी कम्पनि तथा स्थानिय जनप्रतिनिधि र इन्जिनियर समेतको लापरवाही देखिएको हुँदा कामदारलाई सेफ्टिीका सामग्री नदिदा कम्पाउण्ड वाल भत्एिर ४ कामदारहरु घाइते भएको सरफलाल गुप्ताले बताए ।
आफुहरुले कामदारहरुको सुरक्षाका लागी हेल्मेट तथा बिमा समेत गरेको इन्जिनियर जितेन्द्र प्रसाद यादवले दावी गरे । स्थानिय सरफलालका अनुसार नाला निर्माणमा काम गरेका कुनै पनि कामदारहरुले सुरक्षाका सामग्री प्रयोग नगरेको गुनासो गरे । धर्मशालामा निर्माण गरिएको वालको जमिनमुनिको भाग २ फिट रहेको र नाला निर्माण गर्ने क्रममा सो वालको सतहभन्दा ३ फिट मुनिसम्म खनेकाले वाल भत्किएको उनले बताए ।
वाल भत्किदा देवाही गोनाही नगरपालिकाको वडा नम्बर ५ का अनिल कुमार यादव, फतुवा विजयपुर—७ का मनोज कुमार यादव, बारा सिमौनगढ—१ का अमलेस प्रसाद यादव र सर्लाही धनकौलल—७ का राजीव यादव घाइते भएको छ । घाइतेहरुको स्थानिय जीवन ज्योती हस्पिटल कटहरियामा उपचार भइरहेको र मनोज कुमार यादवको अबस्था गम्भिर रहेकाले थप उपचारका लागी विरगंज रिफर गरिएको अस्पताल श्रोतबाट बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै