दुई शुन्यको गाेल अन्तरले एनआरटीलाई पराजित गर्दै चर्चब्वाईज हिमालयनसँग फाईनलमा जुध्ने

88 Shares

श्याम गुप्ता
बारा, १७ चैत्र । चालु सिजनको ‘ए’ डिभीजन लिगमा चर्च ब्वाइज यूनाईटेड बाराकाे सिमरा गाेल्डकपमा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जित्ने होडमा प्रवेश गरेको छ ।  
विहिवार सिमरा रङ्गशालामा साविक विजेता न्युरोड टिम एनआरटीलाई २–० ले हराउदै चर्च ब्वाईज पहिलो सहभागिता मैं उपाधि दौडमा आँफूलाई उभ्याउँन सफल भएको हाे ।
 उपाधि रक्षाको मनोबलका साथ सिमरा आएको साविक विजेता न्युरोड टिम एनआरटी विरुद्ध चर्च ब्वाईजका अफ्रिकी मिड-फिल्डर ओउसो बेम्पा र रञ्जित पाण्डेले एक–एक गोल गरे ।
रङ्गशालाको फ्लड लाईटमा एनआरटीलाई दबाबमा राखेको चर्च ब्वाईजका लागि १६ औं मिनेंटमा ओउसो बेम्पाले पेनाल्टी मार्फत अग्रता दिलाए ।   आक्रामक मुभ बनाएका चर्च ब्वाईजका रञ्जित पाण्डेलाई एनआरटी कप्तान विक्रम धिमालले डि-बक्स भित्र फाउल गरे पछि फिफा रेफ्री नविन्द्र महर्जनले पेनाल्टी अवसर प्रदान गरे । दूइ खेलाडी बिट गरिसकेको अवस्थामा चर्चका रञ्जित पाण्डे विरुद्ध एनआरटीका विक्रमले फाउल गर्न पुगेका थिए ।
खेलको ५३ औं मिनेंटमा गोल रक्षक पुजन होनाको गल्तीका कारण एनआरटी २–० ले पछि पर्यो । डिफेण्डर अजय चौधरीको ब्याकपास नियन्त्रणमा लिएर पनि गोल रक्षक पुजनले समय मैं क्लिएर नगर्दा त्यसको फाइदा चर्च ब्वाईजले उठायो । चर्च ब्वाइजका रञ्जित पाण्डेले एनआरटीका गोल रक्षक पुजनको खुट्टाबाट बल खोस्दै सहजै गोलमा परिणत गरिदिए ।
करिब सात हजार दर्शकको उपस्थिती रहेको खेलमा दुबै टिमले केहि आकर्षक अवसर बनाए पनि फिनिसिङमा चुकेका थिए । खेलको ९ औं मिनेंटमा चर्च ब्वाईजका मिलन राईको प्रहार साइड बारमा लागेर बाहिरिएकाे थियाे । डि-बक्स भित्र रञ्जित पाण्डेले दिएको सुन्दर पासमा मिलनको सशक्त प्रहार साइड बारमा लागेर बाहिरिएको थियो ।
पहिलो हाफमा एनआरटीलाई पूर्ण दबाबमा राखेको चर्च ब्वाईजले खेलको १२ औं मिनेंटमा अर्को अवसर गुमायो । मनोज राईको क्रसबलमा रञ्जितको हेडर बल एनआरटीका गोल रक्षक पुजनले पन्च गरेर क्रसबार माथि पठाए ।
खेलको ३० औं मिनेंटमा चर्च ब्वाईजका कमल श्रेष्ठको प्रहार साइड बारमा लागेर बाहिरीयो । डि-बक्स भित्रै पाएको बललाई उनले सहि दिशा दिएका थिए ।
खेलको ४६ औं मिनेंटमा एनआरटीका गोल रक्षक पुजन होनाले चर्च ब्वाईजले पाएको अवसरलाई विफल पारे । कमल श्रेष्ठको कर्नर बलमा रञ्जित पाण्डेको हेडर बल पुजनले दोश्रो पटकको प्रयासमा पञ्च गरेर बाहिर पठाए । गोललाईन नजिकबाट रिवाउण्ड बलमा रञ्जितले उत्कृष्ट हेडर प्रहार गरेका थिए ।
  खेलको ३३ औं मिनेंटमा एनआरटीका कप्तान विक्रम धिमालले चर्च ब्वाईज विरुद्ध बराबरीको अवसर खेर फाले । कृतिस रत्न चुन्जुले पेनाल्टी एरियामा उत्कृष्ट पास निकालेका थिए तर विक्रमले बल प्रहारका लागि चर्चको रक्षापंक्ती तोड्न सकेनन् ।
  २–० ले पछि परिसकेको अवस्थामा खेलमा फर्कने प्रयास गरेको एनआरटीका लागि खेलको ५४ औं मिनेंटमा चर्चका अफ्रिकी गोल रक्षक प्रिसो बाधक बने । कृतिस रत्न चुन्जुले दुई खेलाडी बिट गर्दै पेनाल्टी एरिया नजिक निकालेको बलमा अशोक थापाको प्रहार चर्चका गोलरक्षक प्रिसोले उत्कृष्ट बचाउ गरेका थिए ।
  त्यस लगतै ५६ औं मिनेंटमा एनआरटीले अर्को अवसर गुमायो । कृतिस रत्न चुन्जुले पेनाल्टी एरिया मैं निकालेको सटिक पास सञ्जिब बिष्टले सम्हाल्न नसक्दा एनआरटीले पाएको सुनौलो अवसर गुमायो ।   सञ्जिबले सम्हाल्न नसक्दा रोहन खड्गीले गरेको फितलो प्रहार चर्चका गोल रक्षक प्रिसोले सहजै बचाए ।
  खेलको ६० औं मिनेंटमा एनआरटीका सञ्जिब विष्टले अर्को अवसर गुमाए । सनम लिम्बुले डि-बक्स भित्र निकालेको बल नियन्त्रणमा लिएर पनि समय मैं पोष्टको दिशा दिन नसक्दा चर्चका डिफेण्डरले क्लिएर गर्ने मौका पाए ।
  याे जितसँगै चर्च ब्वाईजले शनिवार हुँने उपाधि भिडन्तमा ‘ए’ डिभीजन क्लब हिमालयन शेर्पासँगको भेट पक्का गरेको छ । शेर्पा मकवानपुर ११ हेटौंडालाई पराजित गर्दै जीतपुरसिमरा गोल्डकपको फाइनल प्रवेश गरिसकेको छ ।
  खेलको ज्योती विकास बैंक म्यान अफ दि म्याच चर्च ब्वाईजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए । उनले नगद दश हजार र ट्रफि प्राप्त गरे । उनलाई जीतपुरसिमराका वडाध्यक्ष हिराबहादुर गुरुङ्ग र ज्योति विकास बैंकका सिमरा शाखा प्रमूख भरत आचार्यले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।