अमेकिा, १७ चैत । एक पोर्न स्टारसँग सम्बन्धकाको कारण विवादमा परेका अमेरिकाको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गर्ने सम्भावना बढेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएको छ ।
फ्लोरिडामा बस्दै आएका ७६ वर्षीय ट्रम्प अदालतको पहिलो सुनुवाइमा आफैं उपस्थित हुँदा उनको सुरक्षाको जिम्मा अमेरिकाको सिक्रेट सर्भिसलाई दिइएको हो ।
ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई गोप्य रुपमा रकम दिने गरेको समाचार सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनको केही दिन अगाडि सार्वजनिक भएको थियो ।
राष्ट्रपति चुनावको नतिजा रोक्न ट्रम्पका समर्थकहरुले संसद भवनमा हुलदंगा र तोडफोड गरेको घटनामा पनि ट्रम्प मुछिएका थिए । सन् २०१८ मा अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा प्रकाशित भएको एक लेखमा राष्ट्रपति ट्रम्पका तत्कालीन वकिल माइकल कोहेनले अक्टुबर २०१६ मा पोर्न स्टार स्टोर्मी डेनियल्सलाई १ लाख ३० हजार डलर दिएको उल्लेख थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन