zoom call app download zoom .us/support/download zoom meeting join zoom meeting join zoom 2022 download install free zoom app for windows

नारायणी अस्पतालको निमित्त मेसुमा डा. प्रधानलाई जिम्मेवारी

   ६ जेष्ठ २०७८, बिहीबार १०:००  

पर्सा, ६ जेठ । पर्सा सदरमुकाम वीरगञ्ज स्थित नारायणी उप क्षेत्रिय अस्पतालको मेडिकल सुप्रिडेन्ट संजय ठाकुरलाई वीर अस्पतालमा सरुवा गरी त्यही कार्यरत डा. विरेन्द्रबहादुर प्रधानलाई निमित्त मेसुको जिम्मेवादी दिएका छन् ।
कोभिडको लोश्रो लहरबाट पर्सा जिल्लाको अवस्था भयावह भएको बेला प्रभावकारी ढंगबाट पदिय दायित्व निर्वाह नगरेको आरोप लागेपछि मेसु ठाकुरलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएका थिए । केही दिनको मन्त्रालय बसाई पछि ठाकुरलाई वीर अस्पताल काठमाडौंमा सरुवा गरेर नारायणीमै कार्यरत वरिष्ठ चिकित्सक प्रधानलाई निमित्त मेसुको जिम्मेवारी दिएका हुन् ।
तत्कालिन मेसु ठाकुरले अस्पताल व्यवस्थापन गर्न तथा पदिय दायित्व निर्वाह गर्न नसकेको कारण पर्सामा कोभिड संक्रमितहरुको संख्यामा वृद्धि भएको तथा अस्पतालमा उपचार गराउन आउने विरामीहरु संग पनि राम्ररो व्यवहार नभएको आरोप लगाइएको छ ।
अस्पतालमा भर्ना भएका कोभिड सङ्क्रमितलाई उपचार गर्न चिकित्सक नजाने, असिक्जन र रेम्डीसिभिर जस्ता औषधी अभाव हुने, कोभिड वार्ड फोहर भएको सरसफाई समेत नहुने र संक्रमितको आफन्त कोभिड वार्डमा आफै पुगेर खट्नु पर्ने जस्ता समस्या थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै