फलफूल तथा तरकारीको मुल्य सार्वजनिक

   १७ चैत्र २०७९, शुक्रबार १३:१७  

काठमाडौँ, १७ चैत । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार शुक्रबार फलफूल तथा तरकारीको मुल्य सार्वजनिक भएको छ ।
समितिका अनुसार रातो आलु २३ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठुलो ४० रुपैयाँ प्रतिकेजी रहेको हो ।
यसैगरी कालो अङ्गुर १८०, अनार २५० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अङ्गुर ११०, आभोकाडो ५ सय, किवि ४ सय प्रतिकेजी र केरा १४० रुपैयाँ दर्जन रहेको छ ।
यस्तै कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २५० रुपैयाँ रहेको छ । ब्रोकाउली ९० रुपैयाँ, काउली स्थानीय ज्यापु ६० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, रायोको साग ६०, तोरी साग ३० रुपैयाँ, रातो मुला ५० रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै