काठमाडौं, १७ चैत । अभिनेत्री मनिषा कोइरालाले हालैको एक अन्तर्वार्तामा रजनीकान्त स्टारर सन् २००२ मा रिलिज भएको फिल्म ‘बाबा’ फ्लप भएपछि दक्षिण भारतीय फिल्म उद्योगमा आफ्नो करिअर समाप्त भएको बताएकी छिन् ।
मनिषाले अगाडि भनिन्, ‘बाबा रिलिज हुनुअघि साउथका धेरै फिल्म गरिरहेकी थिएँ तर बाबाको बक्स अफिस संकटपछि मलाई फिल्मको अफर कम आउन थाल्यो । बिस्तारै अफर आउन बन्द भयो ।
बाबालाई गत वर्ष रजनीकान्तको जन्मदिनको अवसरमा रिलिज गरिएको थियो । फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । रजनीकान्तका लागि बाबा फिल्म निकै महत्वपूर्ण थियो तर सुरुमा यो फिल्मले फ्यानलाई खासै प्रभावित गर्न सकेन ।
मनिषाको पछिल्लो फिल्म ‘शहजादा’ पनि बक्स अफिसमा असफल रहयो । रणवीर कपुर स्टारर सञ्जु उनको हिट फिल्म थियो । मनिषाले हालै सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा अभिनय गरेकी छिन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन