कराँची, एजेन्सी । निशुल्क पिठो (आटा) लिन एक कारखानामा भेला भएको समयमा भागदौड हुँदा महिला बालबालिकाहरु गरी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
पाकिस्तानको कराँचीमा रहेको एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा शुक्रबार भएको भागदौडमा कम्तीमा १२ जनाको मृत्यु भएको हो ।
मृतकहरू मध्ये ९ जना महिला र ३ जना बालबालिका रहेका छन् ।
निःशुल्क खाद्यान्न (पिठो) वितरण भइरहेको ठाउँमा एक्कासी भागदौड मच्चिदा उक्त दुर्घटना भएको हो । उद्धार अधिकारी र त्यस क्षेत्रका प्रहरी अधिकारीका अनुसार उक्त स्थानमा ठूलो भीड जम्मा भएको थियो । ति कारखानाले रामजानको अवसरमा गरिव दिनदुखीलाई निशुल्क खाद्यान्न वितरण गर्न बोलाएकोमा अधिकाँश मानिसहरु उपस्थित भएपछि उक्त घटना भएको बताइएको छ ।
कारखानामा पेट्रोल चुहावटका कारण आगलागी भएको हल्ला फैलिएपछि भागदौड मच्चिएको बताइएको छ । घाइतेहरू मध्ये धेरैको अवस्था गम्भीर छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन