इस्लामावाद, एजेन्सी । पाकिस्तानमा बसोबास गर्ने अल्पसंख्यक हिन्दुहरु माथि कट्टरपंथीहरुले गरिने ज्यादती त छदैथियो तर एक जना हिन्दु चिकित्सकलाई टाउकोमा गोली हानेर हत्या गरेको समाचार बाहिरिएपछि पाकिस्तानमा बसोबास गर्ने हिन्दुहरुको अवस्था विजोग बनेका छन् ।
आफ्नो घरबाट क्लिनिक तर्फ जाँदै गरेका डाक्टर बीरबल गेनानीको बिहीबार गोली हानेर हत्या गरिएको हो ।
कराँची महानगरपालिकाका पूर्वस्वास्थ्य निर्देशक तथा आँखा विशेषज्ञ डा. गेनानीलाई अज्ञात समूहले गोली हानेको र उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
डा गेनानी सँगै रहेकी एक जना सहयोगी चिकित्सकलाई पनि गोली लागेको छ । उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । हाल उनी जोखिममुक्त भएकी छन् ।
आक्रमणकारीका सम्बन्धमा ती महिला चिकित्सक सँग प्रहरीले सोधपुछ गरेको छ । अभियुक्तलाई कानूनको कठघरामा उभ्याउने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ ।
यसैबीच, सिन्धका गभर्नर कमरान खान टेसोरीले कराँचीका प्रहरी अतिरिक्त महानिरीक्षक सँग घटनाको प्रतिवेदन माग गर्दै आँखा विशेषज्ञको हत्याप्रति गहिरो दुःख व्यक्त गरेका छन् । पाकिस्तानमा अल्पसंख्यक हिन्दुहरुलाई वेला वेलामा निशाना बनाउने गरिन्छ । यहाँ सम्मकी हिन्दु परिवारमा छोरी जन्मेपछि उनको जीवन नारकिय झै बन्ने गरेको बताइन्छ । कट्टबादी युवाहरुले आमा वुवाको अगाडी नै घरबाट अपहरण गरेर बलजफती मुस्लिम बनाउने गरेको कयौं समाचार प्रकाशमा आएपछि पाकिस्तानमा बसोबास गर्ने अल्पसंख्यक हिन्दुहरुको जीवन बधुवा मजदुर भन्दा बत्तर रहेको बताइएको छ । एजेन्सी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन