बारा, १९ चैत । १३ औं जगदम्बा जितपुरसिमरा गोल्डकपको उपाधी माथि चर्च ब्वाइज युनाइटेड क्लवले कब्जा जमाएका छन् ।
बाराको सिमरा स्थित रंगशालामा शनिवार राति फल्डलाइटमा भएको उपाधीका लागि फाइनल खेलमा पहिलो सहभागीतामै चर्च व्वाइज युनाइटेडले हिमालयन शेर्पा क्लवलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै उपाधी माथि कब्जा जमाएका हुन् ।
उपाधी माथि कब्जा जमाउन सफल भएकोमा चर्च ब्वाइजलाई १० लाख नगद र ट्रफी प्राप्त गरेको छ भने उपविजेता हिमालयन शेर्पाले पाँच लाख रुपैयाँमै चित बुझाउनु पर्यो।
चर्च ब्वाइजलाई जीतपुर सिमरा गोल्डकपको ट्रफी दिलाउने क्रममा कप्तान मिलन राई र आशिष चापागाईंले गोल गरे ।
खेलको शुरुआतमै १० खेलाडीमा समेटिएको हिमाालयन शेर्पाले सिमराका समर्थक माझ जीतका लागि अन्तिम सम्म संघर्ष गरेको थियो ।
खेलको छैठौं मिनेटमा हिमालयन शेर्पाका दिवस उराव रातो कार्ड खाँदै मैदानबाट बाहिरीए । दश खेलाडीमा सीमित बनेर पनि चर्च ब्वाइजलाई शेर्पाले पहिलो हाफको अन्तिमसम्म कडा चुनौती दिएको थियो । तर, खेलको ३५ औं मिनेटमा मिलन राईले फ्रि किक गोल गर्दै टिमलाई १.० को अग्रता दिलाए ।
दोस्रो हाफको इन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रतालाई दोब्बर बनाउँदै जीत दिलाए ।
विधागत पुरस्कारतर्फ पनि जीतपुर सिमरा गोल्डकपको उपाधि विजेता चर्च व्वाईजकै बर्चस्व कायम रहृयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए । उनले टिभीएस राइडर मोटरसाइकल प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्चका यूएस प्रिसो, डिफेण्डर फ्रयांकलीन टाला, मिड फिल्डर सुवास गुरुङ र प्रशिक्षक प्रदीप हुमागाई घोषित भए उनीहरूले समान २० हजार नगद प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट फरवार्ड हिमालयन शेर्पाका सुशील राई घोषित भए । उनले २० हजार प्राप्त गरे । सर्वाधिक गोलकर्ता भरतपुर फुटबल क्लबका सुनील श्रेष्ठ घोषित भए । उनले २० हजार नगद प्राप्त गरे ।
प्रतियोगिताको उदयमान खेलाडी नवजनजागृती यूवा क्लब सिमराका दिलीप माझी घोषित भए । उनले नगद १५ हहजार प्राप्त गरे । अनुशासाशित टिमको ट्रफी हेटौंडाको मकवानपुर ११ ले जित्यो । फाइनल खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका डिफेण्डर फ्रयांकलीन टाला घोषित भएको आयोजक समितिले जनाए ।
जीतपुर सिमरा गोल्ड कपको हाल सम्मका उपाधि विजेता
२०७९ चर्च ब्वाइज युनाइटेड
२०७८ न्युरोड टिम एनआरटी
२०७७ संकटा क्लब
२०७५ थ्रीस्टार क्लब
२०७४ त्रिभूवन आर्मी
२०७३ संकटा क्लब
२०७२ विजय युथ क्लब हेटौंडा
२०७१ त्रिभुवन आर्मी क्लब
२०७० नव जनजागृति युवा क्लब सिमरा
२०६९ मनाङ मर्स्याङ्दी क्लब
२०६८ मनाङ मर्स्याङ्दी क्लब
२०६७ हिमालयन शेर्पा क्लब
२०६६ मजदुर शहीद स्मृति क्लब

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन