नेपाल राष्ट्र बैँकले विदेशी मुद्राको विनिमय दर तोके

   १९ चैत्र २०७९, आईतवार ११:५७  

काठमाडौँ, १९ चैत । नेपाल राष्ट्र बैँकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जस अनुसार भारतीय रूपैयाँ १ सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको हो ।
आज डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३२ रूपैयाँ ७७ पैसा रहेको, १ युरोको खरिद दर १४२ रूपैयाँ ७७ पैसा र बिक्री दर १४३ रूपैयाँ ४२ पैसा रहेको छ ।
बेलायती १ पाउण्डको खरिद दर १६२ रूपैयाँ २२ पैसा र बिक्री दर १६२ रूपैयाँ ९६ पैसा रहेको, कतारी १ रियालको मूल्यको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै