69
Shares
हेटौडा, १९ चैत । हेटौडाबाट कुलेखानी हुँदै काठमाडौँमा प्रवेश गर्ने छोटो दूरीका २ सडक बन्द गरिएको छ ।
चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नति गर्न लागिएको भन्दै केही समयको लागि बन्द गरिएको हो ।
चित्लाङ–चन्द्रागिरि–थानकोट सडक खण्डको स्तरोन्नति भइरहेकाले प्रत्येक दिन बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सडक बन्द रहने जनाए ।
त्यस्तै कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डअन्तर्गत ज्यामिरे– रामचन्द्र भन्ज्याङको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने काम भइरहेकाले सो खण्डमा सडक बन्द गरिएको हो ।
हरेक दिन बिहान ७ देखि साँझ ५ बजेसम्म एम्बुलेन्स, स्थानीयका सवारीसाधन र स्थानीय रुटमा चाल्नेबाहेकका सवारीसाधन बाहेक अन्य सवारीका साधन सञ्चालन नगर्न आग्रह गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन