78
Shares
अकल्याण्ड, १९ चैत । सुपरओभरमा न्युजिल्याण्डलाई हराउँदै श्रीलङ्काले टी–२० शृङ्खलामा विजयी सुरुवात गरेको छ ।
न्युजिल्याण्डले एक ओभरमा २ विकेटको क्षतिमा ८ रनमात्र बनाउन सक्यो । जवाफमा चारिथ असालांकाले एडम मिल्नेको बलमा एउटा छक्का र चौका हिकाउँदै टोलीलाई जीत दिलाएको हो ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो । प्लेयर अफ द म्याच घोषित चारिथ असालांकाले ४१ बलमा ६ वटा छक्का र २ चौकाको मद्दतले ६७ रन बनाए ।
त्यस्तै, कुशल परेराले नटआउट रहँदै ५३ तथा कुशल मेन्डिसले २५ रन बनाए । न्युजिल्याण्डका लागि जेम्स निसमले २ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको न्युजिल्याण्डले पनि ८ विकेटको क्षतिमा समान १ सय ९६ रन बनायो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन